३० असार, काठमाडौं :

आइतवारदेखि शुरूभएको गण्डकी प्रदेश संसद बैठकमा कांग्रेसले गरेको रकमान्तरको विरोध गर्दै एमालेले अवरोध गर्दै आएको बैठक संसदीय अनुगमन समिति गठन गर्ने सहमतिपछि सञ्चालनमा आएको थियो ।
सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरू आक्रोशित बनेका थिए ।

सोमवार टेबुल गरिएको विनियोजन विधेयकमाथि बुधवार छलफलको कार्यसूचीलाइ अबरोध गर्दै एमालेले शुरुवातदेखि नै संसद चल्न नदिएपछि मार्सल लगाएर सदन चलाइएको थियो ।

एमाले सांसद बसिरहेको कुर्सी छाडेर संसदको रोस्टम अघि नाराबाजीमा उत्रिएका थिएभने सत्तापक्ष र प्रतिपक्षी सांसदबीच केहीबेर भनाभन समेत भएको थियो।यसअघिका भौतिक पूर्वाधार मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले मन्त्रीको टेबुल नै फालेका थिए एमालेको आरोप थियो आफ्नो पालामा ल्याइएका राम्रा तथा जनमुखी कार्यक्रम हटाइयो।
एमाले संसदीय दलले सो घटनापछि पत्रकार सम्मेलन गरेको छ । एमाले सांसद एवं पूर्व मन्त्री रामशरण बस्नेतले आफूले टेबुल नफालेको दाबी समेत गरेका छन् तर उनले नाराबाजीका क्रममा साँघुरो भएर आफूले टेबल सारेको भने स्वीकारेका छन् ।
उनले सरकार तानाशाही बन्दै गएको कारण एमाले प्रतिवादमा गएको स्पष्ट पारे । तर एमालेको विरोधका वाबजुद सरकारले आगामी आवको लागि गत असार १ गते ल्याएको बजेट बहुमतले पारित भने भएको छ । मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेश गरेको बजेट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र सांसद राजीव गुरुङले समर्थन गरेका थिए जस अनुरुप आर्थिक वर्ष २०७८/०७९ विनियोजन विधेयक बहुमतले पास भएको छ ।