३० असार, काठमाडौं :
एका-एक ललिता निवासको जग्गा प्रकरणको घटनाले नयाँ मोड लिएको छ।
मुद्दा खेपिरहेका दोषी छुट्ने प्रक्रिया सुरु भएको छ यसै क्रममा ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बुधबार विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिएका छन्। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको दोषी गच्छदार लामो समय फरार रही बुधबार विशेष अदालतमा हाजिर भएका थिए ।

गच्छदारले २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।

नक्कली मोही देखाएर मन्त्रिपरिदमा प्रस्ताव पठाएको उनी लगायतमाथि अख्तियारको आरोप छ । त्यसवेला समरजंग कम्पनी, राजकुलो र बाटोको जग्गा दिने भनेर मन्त्रिपरिषदबाट निर्णय गराइएको थियो । गच्छदारमाथि नक्कली मोहीको विवरण समावेश गरेको अनि आफ्नो अधिकार अनुसार पनि नमिल्ने प्रस्ताव मन्त्रिपरिषद पठाएको भन्ने आरोप थियो।