३० असार काठमाण्डौ :

स्वास्थ्य निर्देशनालयको अनुसार पछिल्लो एक हप्तामा सुदूरपश्चिम प्रदेशमा दैनिक २५ देखि ६६ जना संक्रमित थपिएको छ संक्रमितको संख्या घटेपनि जोखिम भने कायमै रहेको निर्देशनालयले जनाएको छ

असार २१ गते एक हजार ५५ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण भेटिएको थियो भने २७ असारमा ७३० जनाको परीक्षण गर्दा २५ जना संक्रमित थपिएका थिए । प्रदेशमा सोमबार एक हजार ११४ जनाको परीक्षण गर्दा ६१ जनामा संक्रमित पुष्टि हुँदा मंगलबार ९७८ जनामा परिक्षण हुदा ६६ जना संक्रमित थपिएका छन् । जुन कुल परीक्षणको ६.७४८ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार दैनिक परीक्षणको ३ देखि साढे ७ प्रतिशत संक्रमित थपिरहेका तर उनीहरुमा कस्तो खालको संक्रमण पुष्टी भएको हो भन्नेबारे कुनै पहिचान हुन सकेको छैन हाल मुलुकभर {डेल्टा प्लस} नाम दिइएको नयाँ भेरियन्टको संक्रमण पुष्टि भइसकेका बेला सुदूरपश्चिममा भने पहिचान गर्न कुनै ध्यान नदिएको बुझिएको छ ।

चिकित्सकका अनुसार प्रदेशमा कोरोनाको नयाँ भेरिन्टको संक्रमण फैलिए नफैलिएको पहिचान गर्न सकेमा संक्रमितको उपचारमा सहजता हुने छ। डा. जगदीश जोशीका अनुसार नयाँ भेरियन्टको समयमै पहिचान भएमा थप संक्रमण फैलिनबाट रोक्दै संक्रमितको उपचार तथा व्यवस्थापनको काम गर्न सहज हुन्छ। त्यसो हुदाहुदै पनि नयाँ भेरियन्टको पहिचान गर्न कुनै ध्यान नदिएको बुझिएको छ ।

नया भेरियन्टले कोरोनाविरुद्धको खोप लगाइसकेका मानिसलाई समेत असर गरेको भन्ने कुरा आइरहेको बेला राज्य भने त्यसतर्फ कुनै योजना बनाउनतिर नलागेको पाइएको छ।

डा.जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा अहिले दैनिक कम्तीमा पनि ४०–५० जनामा संक्रमण पुष्टि भइरहेकाले यसलाई व्यवस्थापन गर्न नसकेमा तेस्रो चरणको संक्रमण फैलाउन इ संक्रमितले सघाउने छ। डा. जोशीले यसतर्फ सम्वन्धित निकायले चासो दिनुपर्ने बताउनुभयो ।