कोरोना बाट ठिक भए लगत्तै भुपु  प्रधानमंत्री  एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थमा समस्या  देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।खनाललाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। कोरोना  मुक्त भएपछी अस्पतालबाट घर फर्किएर आराम गरिरहेका खनाललाई स्वास्थमा एक्कासी समस्या देखा परेको हो। ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएकाले उनलाई अस्पताल भर्ना गरिएको हो