हेटौंडा : प्रदेश सभा वैठकमा प्रधानमंत्री ओलीको नामनै लिएर बिबादास्पद बयान दिएका काँग्रेस सभासद नरोत्तम बैद्यको बिरोध भएको  छ  ।नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियू, अनेमासंघ, मदन भण्डारी स्पोर्ट्स् एकेडेमीका विद्यार्थीले वैद्यको बयानको  बिरोध  गर्दै सडकमा बिरोध प्रदर्शन गरेको हो।

बागमती प्रदेश सभाले ल्याएको नीति तथा कार्यक्रममाथि वयेको छलफल कार्यक्रममा नेता बैद्यले आफु ओलका  लागि नाथुराम गोड्से बन्न समेत पछि नपर्ने अभिव्यक्ति दिएपछि ओली समर्थकहरुले नेता बैद्य  पुत्ला जलाएका हुन्  । नेता बैद्यको  सो अराजकतापूर्ण अभिव्यक्तिको देशभर  निन्दा  भइरहेको छ ।

वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्न एमालेले माग गरेको छ।महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले १९४८ जनवरी ३० मा गरेका थिए। नेपाल प्रहरीको ठुलो टोलीले प्रदेशसभा भवनमा सुरक्षा दिईरहेको छ। वाग्मती प्रदेशसभमा भवन वरिपरि अहिले बाक्लो रुपमा सुरक्षाकमर्मी खटाईएको छ  ।