२८ जेठ २०७८, शुक्रवार

गण्डकी प्रदेशमा सरकारमा कसैले बनाउन सक्दैन प्रदेशासभा भंग गरेर मध्यवादी गर्छु भन्ने सपना बोकेका निवर्तमान मुख्यमन्त्रीको स्वप्न एकाएक चकनाचुर भएको छ अव उनकै आँखा अगाडि नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित मिलेर कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनाउंदै छन्। उनीहरु सुक्रवार ३१ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्न पुगेका थिए।

दावी पेस गर्दैगर्दा उनले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गर्दैगर्दा प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गरेपछि प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताएकी छिन ।

दावी पेस जस्ताको तस्तै :-