२८ जेठ २०७८, शुक्रवार

केहिदिन यता देशको राजनैतिक घटनाक्रम अलिक तातो र चासोलाग्दो भएको छ \ अदालतले दिएका एक पछि अर्को आदेशले सवै राज़नैतिका दलहरु सल्बलाउन थालेका छन्। यहि घटनालाई मध्यनजर गर्दै सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक राख्दै सापकोटाले समसामयिक विषयमा छलफल अगाडि बढाउँन लागेका हुन् ।

अदालतले विगटित संसदलाई पुनस्थापना गर्ने संकेत देखिएकोले आज आज बस्ने बैठकलाइ चासोका साथ लिइएको छ। तर आजको बैठकमा प्रधानमन्त्रि भने नआउने भएका छन्स, भामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्शगरि प्रतिनिधिसभा विघटनको विरुद्धमा असाधारण कदम चाल्ने बताएका सापकोटाले राख्ने आजको बैठकलाइ राजनैतिककर्मीहरु द्वारा विशेस चासोका साथ हेरिएको छ।