२०७८ २७ जेठ बिहिवार

अन्तत: ढल्यो गण्डकी प्रदेश सरकार आज भएको प्रेदेशसभा बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वाशको मत मागेका थिए नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको प्राप्त गर्न नसकेको हो ।

मुख्यमन्त्री गुरुङ्गको पक्षमा २७ मत आएको र विपक्षमा ३० मत आएको थियो मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

गुरुङ्गको विपक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले रहे भने ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका बसेका थिए। खेलकूद मन्त्री राजिव गुरूङ सभामा अनुपस्थित भए। भोलि बिहान ११ बजे देश सभाको बैठक बस्ने सभामुख नेत्रप्रसाद अधिकारीले बताए।

अहिलेको घटनाक्रमलाइ निहाल्दा गुरुङ्गले भनेजस्तो मध्यवादी चुनाउ अव त्यहाँ नहुने सम्भावना बधेर गएको छ। गणितको आधारमा अव त्यहा विपक्षीहरुको सरकार बन्ने स्थिति बढ्दै गएको देखिन्छ। त्यसै अनुसार तयारि पनि भैरहेको थाहाहुन आएको छ।