२०७८ २७ जेठ बिहिवार

मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको दिएको आरोपमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । उनीहरुले २४ घण्टा भित्र स्पष्टीकरण दिनुपर्ने भएको छ।
पार्टिको आदेश नमान्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको कारण केहो उनीहरुले खुलाउनुपर्ने छ। एमालेका प्रदेश सचिव राजेन्द्र रावलले दिएको जानकारी अनुसार १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको हो।

राजेन्द्र रावलले भने संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको छ यदि चित्तबुझ्दो जवाफ आएनभने पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने छ।