आज प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा ज्वालाकुमारी साह कृषि मन्त्री बन्न लागेकी छिन । उनि तत्कालीन माओवादीबाट प्रदेश सभा-२ मा सांसद निर्वाचित भएकी हुन , बाराबाट सांसद निर्वाचित भएकी साह तत्कालिन नेकपा बारा सह-इन्चार्ज बनेकी थिइन ।

पार्टि फुट पश्चात ओलिसमुहमा लागेकी उनीलाई पार्टि विरुद्ध गएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई कारवाही गरेका थिए। कारवाहीको क्रममा उनि साम्सद पदच्युत हुन पुगेकी थिइन।

नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए।

हाल प्रदेश २ को एमाले अध्यक्ष समेत रहेकी उनि कृषि मन्त्री बन्न लागेकी हुन्।