२०७८ २७ जेठ बिहिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले माधवालेपाला पक्षका आफु निकट नेताहरु पार्टीमा मिल्न आउने विश्वाशमा केहि मन्त्रि आफैमा राखेका थिए तर त्यो अवस्था नदेखिएपछि प्रधानमन्त्रीले
आज फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मात्र मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले आज नेकपा एमालेमा आफ्नो समूहका आफु निकट नेताहरुलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका छन् ।
उक्त मन्त्रिमण्डलामा कास्कीका नेता खगराज अधिकारी गृहमन्त्रीको हुन लागेका छन्। रामबहादुर थापा बादललाई अदालतले नै पदमुक्त गर्न आदेश गरेपछि बादल पद मुक्त भएका थिए ,तत् पस्चात प्रमा ओलीले गृह आफैमा राखेका थिए।
आज गृहमन्त्रीको सपथ लिन लागेका अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। उनि ०५१ मा जिते पश्चात उनीले ०७४ अगाडि चुनावमा सफलता हासिल गर्न सकेका थिएनन। गएको चुनावमा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए।
हाल कोहिपनि साम्सद नरहेको अवस्थामा रामबहादुरनै गृहमा अटाउन किन सकेनन सर्वत्र चासोको विषय बनेको छ कतै ओलीले पुर्व माओबादिहरुलाइ माइनस त गर्न खोजेका हैनन् ?