२५ जेठ २०७८, मंगलवार

निवर्तमान स्वास्थ्यमन्त्री त्रिपाठीले आफुले मन्त्रि पद सम्हाल्दैगर्दा धेरै जनताको ज्यान बचाउन नसकेकोमा क्षमा याचाना गर्दै भनेका छन् मैले विभिन्न कारणहरुले गर्दा पर्याप्त खोप ल्याउन सकिन तर आफु मन्त्रि रहुञ्जेल निस्वार्तः भावनाले नीतिनियमको पालनामा रही कामगरेको छु।

सम्बन्धित देश वा उत्पादकबाट स्वास्थ्यसामग्री खरिद गर्दा कमिसन दिन नसकिने भन्दै मन्त्रिमण्डल भित्र र बाहिर आफु सधै अडानमा रहेको खुलासा उनले गरेका छन्। उनि प्रधानमन्त्री सामु पनि कमिसनको विषयमा सधै खरो नै रहनेगरेको बुझिएको छ।

आफु मंत्री बाट हटेपछि हालका मन्त्रि तामाङ्गलाइ आफुले सुरु गरेका र गर्न बाकिरहेका कार्यहरुको बेलिविस्तार लगाउंदै खोप खरिदमा पारदर्शी बनाउन आग्रह गरेका छन् । ‘कहाँ–कहाँ प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्ने जानकारी गराउंदै खोप जस्तो संवेदनसिल कुरामा सजग रहनुहोला भनेर भनेको बुझिएको छ। हाम्रोदेशामा खोपामा के आयो औषधि वा ग्लुकोज पानि यो परिक्षण गर्ने प्रविधि नभएको कारण कम्पनि र ट्यागमा ध्यानदिन समेत उनले आग्रह गरेको बुझिएको छ।

आफुले चाइना बाट खोप ल्याउन प्रयास गरेको र प्रक्रिया पनि अगाडि बढेको तर चाइनाले मूल्य सार्वजनिक गर्न चाहेन र चाइनाको कम्पनीको डाटा सार्वजनिक गर्न नपाइने कानुन पनि रहेछ त्यसैले खोप ल्याउन सकिएन भन्दै उनले थपे नेपालले एक करोड डोप खोप खरिद गर्ने गरी पहिलो खेपमा २० लाख डोज किन्ने प्रस्ताव गरेको थियो । औषधि व्यवस्था विभागले भेरोसेल खोपका लागि अनुमति दिएपछि नेपालले २० लाख डोज किन्न परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासमार्फत कुरा अगाडि बढाएको पनि त्रिपाठीले खुलाएको बुझिएको छ।

रुशी कम्पनि सँग खोपको विषयमा कुरा अगाडि बडेपनि रुशलेनै यो कुरामा खासै चासो नदेखाएको पनि खुल्न आएको छ। त्यस्तै भारतबाट खोप खरिद हुन नसकेको कुरा स्वीकारेको पनि खुल्न आएको छ। खरिद गरेको १० लाख दोज़ा खोप नआएको र अरु खरिद प्रक्रिया पनि अगाडि नबढेको उनले{त्रिपाठीले} स्वीकारेको खुल्न आएको छ।