आज विश्व कोरोनाले आक्रान्त छ। आफ्नो र आफ्नो परिवारको चिन्ताले सवैलाई सधैनै सताउने गरेको छ। हिजोको दिनमा कोरोनाको खोप आएपछि बयस्क र बृद्ध-बृद्धाहरु भने अलिक खुशी भएका भएपनि बालबालिको स्वास्थ्यको चिन्ता भने यथावातानै थियो।
यसै बीच चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको बुझिएको छ। चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न त्यहाँको स्वास्थ्य विभागले अनुमति दिएको बुझिएको छ ।

चीनमा बालबालिकालाई लगाउन अनुमति दिइएको सिनोभ्याकको खोपलाई गत हप्तामात्र विश्व स्वास्थ्य संगठनले आपतकालीन अनुमति दिएको बुझिएको छ । यस्तै नेपालले पनि गत शुक्रबार मात्रै सिनोभ्याकको खोपलाई नेपालमा व्यवसायिक आयात गरे प्रयोगका लागि अनुमति दिएकोले केहि आशाका किरण नेपालीमा पनि पलाएको देखिन्छा ।

कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै असर पार्ने कुराको हल्ला सर्वत्र भईराखेको सवैलाई थाहानै छ तर यसै बीच चाइनाले बालाबालिकाकालागी पनि खोपको अनुमति दिएसंगै सवैमा खुसि पलाउने आशा गरिको छ।

चिन सरकार बालबालिकालाई खोप लगाउन अनुमति दिने पहिलो रास्ट्र भएको छ। हालसम्म विश्वभर लगाइएका खोप केवल १८ वर्षा माथिकालाई मात्र लगाइएको थियो तर साउथ चाइना मर्निङ पोष्टका अनुसार बालबालिकालाई कहिलेदेखि खोप प्रयोगमा ल्याइन्छ भन्नेकुरा यकिन भैनसकेको जनाएको छ।

सिनोभ्याकका सीइओ यिन एइदोङका अनुसार बालबालिकामा खोपको साइड इफेक्टका बारेमा कम अनुसन्धान भएका तर सिनोभ्याकले ३ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा गरेको दुई चरणको परीक्षणमा यो खोप १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी देखिएको जनाइएको छ।

अहिलेसम्म बालबालिकामा खोपको साइड इफेक्टका बारेमा कम अनुसन्धान भएका छन् । सिनोभ्याकका सीइओ यिन एइदोङले सीसीटीभीसँग भनेका छन्, ‘हामीले ३ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा गरेको दुई चरणको परीक्षणमा यो खोप १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी देखिएको छ ।

हाल चीनले सरकारले देशभरी नै खोप अभियान चालु गरेको छ जहाँ १८ वर्षमाथिका नागरिकलाई खोप लगाइँदै छ । हरेक दिन १ करोड ४० लाख नागरिकलाई खोप लगाइरहेको चीनले यो महिनाको अत्यसम्ममा ५६ करोड मानिसलाई खोप लगाइसक्ने आफ्नो लक्ष्य राखेको छ ।

चीनमा बालबालिकालाई लगाउन अनुमति दिइएको सिनोभ्याकको खोपलाई गत हप्तामात्र विश्व स्वास्थ्य संगठनले आपतकालीन अनुमति दिएको थियो । यस्तै नेपालले पनि गत शुक्रबार मात्रै सिनोभ्याकको खोपलाई नेपालमा व्यवसायिक आयात र प्रयोगका लागि अनुमति दिएको छ ।