२१ जेठ २०७८, शुक्रवार

एमाले समर्थक कार्यकर्ताले विराटनगरको तीन पैनी चौकमा पर्ने सुयश प्याकुरेलको लगानी भएको सिटी सिनेमा हलमा ताल्चा लगाएर मान्छे छान्दै आफ्ना कार्यकर्तालाइमात्र खोपका लागि भित्र पठाउँदै गरेको देखेपछि स्थानीयवासी आन्दोलित भएको बुझिएको छ । उक्त काम सामाजिक विकास मन्त्री उषाकला राईको नेतृत्वमा भएको बुझिएको छ।सिटी सिनेमाअगाडि प्राइभेट गाडि र सुकिला मुकिलाका हुल देखेपछि स्थानिय वासीले के भएको रहेछ भनेर बुझ्दा सो कुरा खुल्न आएको हो।

प्रहरीको बलप्रयोग हुदाहुदै पनि स्थानीय वासीले बा १ झ ९३६५ नम्बरको मन्त्रालयको खोप बोक्ने गाडी १ घण्टाजति सिनेमा हलकै प्राङ्गणमा रोकेर राखेको प्रतिक्षदर्शिले बताए । साथै गाडीमा रहेका ४ खोपकर्मीलाई पनि स्थानीय वासीले रोकेको भन्ने खुल्न आएको छ । खोपकर्मिहरुलाईभने प्रहरी र केहि स्थानीयवासीको सहयोगमा उद्दार गरिएको बुझिएको छ।

खोप कार्यकोलागि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको आदेसमा हरि घिमिरे सिनेमामा खोप दिन टिमसहित गएको बुझिएको छ । उनले १ सय ५० जनालाई खोप दिइएको बुझीइएको छ ।

पहिलो खोपको कार्यक्रम मुख्यमन्त्रीको कार्यालयमा राखिएतापनि सो कार्य कसरि सिटी सिनेमा हलमा पुग्यो भन्नेकुरा प्रदेश १ का प्रमुख सचिव सुमनराज आचार्य, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की, प्रवक्ता कृष्ण पोखरेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहता र सूचना अधिकारी धरणि निरौला लगायतलाई नै थाहा नभएको बुझिएको छ।