कोभिड संक्रमण घट्न थालेको छ।

संक्रमित भन्दा निको हुनेको संख्या धेरै देखिन थालेको छ।

संक्रमणमुक्त हुनेको संख्या बढ्दै जाँदा मृत्युदर पनि घट्न थालेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ६ हजार २०५ जना सनक्रमण्मुक्त भएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।